ट्रम्पसँग सम्झौता गर्न जेलेन्स्की अमेरिका जाने

by cityhalkhabar
11 views

किभ (एजेन्सी) – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शान्तिसम्झौतालाई अन्तिम रूप दिन आगामी केही दिनमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्न सक्ने युक्रेनी अधिकारीले जनाएका छन्।

‘हाम्रा प्रतिनिधि मण्डलहरू जेनेभामा छलफल गरिएको सम्झौताको मुख्य सर्तहरूमा साझा समझदारीमा पुगेका छन्’, युक्रेनका राष्ट्रिय सुरक्षा प्रमुख रुस्टेम उमरोभले सामाजिक सञ्जालमा लेखेका छन्, ।

‘अब हामी हाम्रा थप कदमहरूका लागि हाम्रा युरोपेली साझेदारहरूको समर्थनमा भर पर्ने छौं।’ स्विट्जरल्यान्डमा अमेरिकी अधिकारीहरूसँगको बैठकहरूलाई ‘उत्पादनमूलक र रचनात्मक’ भन्दै युक्रेनले ट्रम्पको युद्ध अन्त्य गर्ने दृढ प्रयासहरूको कदर गरेको उमरोभले वताएका छन्।ह्वाइट हाउसले भने ट्रम्प–जेलेन्स्की वार्ताको सम्भावनाको बारेमा कुनै प्रतिक्रिया जनाएकाे छैन ।