सुनको भाउ फेरि २ लाख ५० हजार नाघ्याे

by cityhalkhabar
2 views

काठमाडाै, १२ मंसिर – सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेकाे छ ।

यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।