काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

by cityhalkhabar
2 views

काठमाडौं, – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार दिउसाे निधन भएको हो ।  उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल स्रोतका अनुसार, उनलाई आइतबार बिहान अवस्था गम्भीर भएपछि बेहोसी अवस्थामा नै परिवारका सदस्यले अस्पताल लगेका थिए ।एक चिकित्सकले दिएको जानकारी अनुसार, उनी एक हप्तादेखि नै बिरामी थिए । उनलाई मधुमेह र पिसाब संक्रमण भइरहेको थियो ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् । प्रधानमन्त्री कार्कीले शाहसहित भेन्टिलेटरमा भएका अन्य बिरामीसँग पनि भेट गरेको स्रोतले जानकारी दिएको छ ।