0
जनकपुर, ५ माघ – डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्। आज जनकपुरमा भएकाे रास्वपाकाे कार्यक्रममा सिंहले भने, ‘बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु’ र आत्मदाह गर्नेछु ।
आजै रास्वपामा बिधीवत प्रवेश गर्दै उनी बालेनलाई देशको महानायक भन्दै मधेशलाई प्रधानमन्त्री बनाउन भोट दिन आग्रह गरेका छन्।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले जनकपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारि दिने घोषणा गरेका छन् । जनकपुरधाममा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले बालेन नेतृत्वमा बन्ने सरकारको सदस्य बन्न चाहेकाले आफूलाई विजयी गराउन आग्रह गरेका छन् ।
सम्बन्धित खबर
