चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

by cityhalkhabar
18 views

काठमाडौं, १३ फागुन – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसार कुनै पनि दल, उम्मेदवार वा भातृ संगठनले आयोजना गरेको जुलुस, बैठक, कोणसभा वा अन्य कार्यक्रममा बाधा पुर्‍याउन नहुनेछ। उल्लंघन भएमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सरोकारवाला र आम नागरिकलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा प्रचारप्रसार गर्ने वातावरण बनाउन सचेत रहन आग्रह गरेको छ।