कांग्रेसले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने २० जनाको नाम, १५ जना महिला

by cityhalkhabar
15 views

काठमाडौँ, १ चैत्र – नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा रहेकामध्येबाट २० जनाको नाम आयोगमा बुझाउने भएको छ। आइतबार बसेको सो पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा बुझाउने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक एक गरी ५ जनाको नाम र क्लष्टर मिलाएर २० जनाको नाम आयोगमा पठाउने निर्णय गरिएको हो ।ती मध्ये १५ जना महिला अनिवार्य रूपमा पठाइने उनले बताए ।  निर्वाचन आयोगले समानुपातिकमा पाएको मतका आधारमा सांसद सङ्ख्याको कोटा तोकेर नाम बुझाउन भनेको थियो । कांग्रेसले आफूले बुझाएका नामहरू आयोगले नै सार्वजनिक गर्ने समेत बताए ।