एमालेले बुझायो समानुपातिक सांसद बन्ने १६ जनाको नाम

by cityhalkhabar
18 views

काठमाडौँ, १ चैत्र –  नेकपा एमालेले समानुपातिकमा पाउने सिट अनुसार १६ जना सम्भावित सांसदको सूची निर्वाचन आयोगलाई बुझाएको छ ।सम्भावित सांसदहरूको सूची आइतबार निर्वाचन आयोगलाई बुझाएको केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

एमाले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कुलभक्त शाक्यलाई सांसदका लागि सिफारिस गरेको छ ।त्यस्तै महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरेको छ ।