रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

by cityhalkhabar
2 views

काठमाडौं, ५ भदौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन लागेको छ। बैठकमा आज पनि प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित नहुने भएका छन्। शाह मुस्ताङ तर्फको भ्रमणमा निस्केको उनको सचिवालयले जनाएको छ।  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह भने बैठकमा उपस्थित छन् ।

कार्य व्यस्तताका कारण उनी मुस्ताङको भ्रमणमा गएको सचिवालयले दाबी गरे पनि बालेनले केन्द्रीय कमिटी बैठक छलेको देखिन्छ । बालेन समूहका नेताहरू केन्द्रीय कमिटी बैठकमा उपस्थित भइरहेका छन् । पार्टी सभापति रवि लामिछाने पनि पार्टी कार्यालयमा आइसकेका छन्।

केही दिन अगाडि बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकमा पनि शाह उपस्थित किन भएनन् भन्ने विषय उठेको थियो । त्यसपछि सभापति रविले अर्को संसदीय दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुने जानकारी गराएका थिए । तर बालेन केन्द्रीय कमिटीको बैठकमा भने आज उपस्थित छैनन्।