वेत्रावतीको एउटै घरभित्र भेटिए २४ शव

by cityhalkhabar
1 views

नुवाकोट, १६ भाद्र – नुवाकोटको विदुर नगरपालिका १० स्थित बेत्रावतीको एउटै घरभित्र २४ जनाको शव फेला परेका छन् । प्रहरीले एउटै घरमा २४ जनाको शव फेला परेको जानकारी दिदै अहिले शवहरुलाई बाहिर निकाल्ने काम भइरहेको जानकारी दिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट सो घर पुरै डुबानमा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । घरमा रहेका शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको र कसको घर हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ । प्रहरीले शवहरु हेलिकप्टरबाट बाहिर ल्याएको जनाएको छ ।

निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको उनले बताए । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन ।मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए । १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।