काठमाडौँ, १३ असोज – परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित दोहा हुँदै काठमाडौँ आउन लागेका हुन् ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा नियोगका अधिकारीहरूले विमानस्थलमा मन्त्री खनाललाई बिदाइ गरेका थिए । मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए ।
राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुदै मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए ।
उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाएका थिए । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
