क्रेडिट रेटिङमा नेपालले पायाे डबल बी माइनस रेटिङ, लगानी गर्न अनुकूल वातावरण बन्ने विश्वास

by cityhalkhabar
71 views

काठमाडाैं, ७ मंसिर  – नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको हो । जसमा नेपालले डबल बी माइनस प्राप्त गरेको छ। नेपालको सार्वभौम साख मूल्यांकन भएको यो नै पहिलो पटक हो ।

नेपालको क्रेडिट रेटिङ भएसंगै नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार हुने विश्वास गरिएको छ। क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने विश्वास गरिएको छ।

अर्थतन्त्रको विस्तारका लागि वैदेशिक ऋण जुटाउनका लागि लामो समयदेखि सार्वभाैम रेटिङको अभाव खट्किंदै आएकोमा नेपालले पहिलो पटक सार्वभाैम रेटिङ पाएको छ।

वैश्विक रेटिङ एजेन्सी फिच रेटिङको हङकङस्थित कार्यालयले नेपाललाई दीर्घकालीन विदेशी मुद्रामा ऋण पत्र जारीकर्ताका रूपमा डब्बल बि माइनस(स्थिर दृष्टीकोण) सहितको रेटिङ प्रदान गरेको छ। यो रेटिङले नेपालको बलियो बाह्य तरलता, विकासका सम्भावना र संरचनात्मक आर्थिक चुनौतीहरूबीचको सन्तुलनलाई झल्काउँछ।

पछिल्लो समयको राजनीतिक अस्थिरता र अर्थतन्त्रमा आएको संकुचनले खराब रेटिङ हुनेमा सरकार चिन्तित रहेकोमा फिचको रेटिङका क्रममा नेपालको वित्तीय अवस्था अन्य दक्षिण एशियाली मुलुकको तुलनामा सन्तोषप्रद देखिएको छ।