पोखरा, २३ असोज – कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेकोमा पाँच जना विद्यार्थीको मृत्यु भएको छ भने १७ जनाकाे उपचार भैरहेकाे छ ।
मृत्यु हुनेहरुमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय असिम कँडेल, ६५ वर्षीय बाबुराम तिवारी र १५ वर्षीय सुवेच्छा तिवारी छन् । अर्की १५ वर्षीया मृतकको परिचय खुल्न बाँकी छ ।
त्यसमध्ये २१ जना विद्यार्थी मात्रै छन् । उनीहरू ८ र १० कक्षाका विद्यार्थी हुन् । परीक्षाका लागि ट्युसन पढ्न आउने क्रममा बिहानै दुर्घटना भएको हो । दसैँ बिदाअघि परीक्षा सक्ने क्रममा उनीहरूको परीक्षा अन्तिम समयमा पुगेको बताइएको छ ।
कास्कीको पोखरा महानगरपालिका २८ स्थित ओख्ले भीरमा विद्यार्थी बोकेको एक स्कुल बस दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको प्रारम्भिक तथ्याङ्क छ ।
त्यसमध्ये २१ जना विद्यार्थी मात्रै छन् । उनीहरू ८ र १० कक्षाका विद्यार्थी हुन् । परीक्षाका लागि ट्युसन पढ्न आउने क्रममा बिहानै दुर्घटना भएको हो । दसैँ बिदाअघि परीक्षा सक्ने क्रममा उनीहरूको परीक्षा अन्तिम समयमा पुगेको बताइएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार १२ जनाको उपचार जारी रहेकाे छ । १६ वर्षीया अस्मी कँडेल आईसीयूमा उपचाररत छिन् । अन्य घाइतेहरुमा १३ वर्षीया सोनिया तिवारी, १४ वर्षीया स्नेहा खत्री, १३ वर्षीय अंकित पराजुली, १५ वर्षीया स्मृति खत्री छन् ।
यसैगरी १४ वर्षीया सुप्रिया आचार्य, १५ वर्षीया मेरिना तिवारी, १४ वर्षीया आकृति बुढाथोकी, ३१ वर्षीय अर्जुन शाही, १६ वर्षीय यमन मगर र ५७ वर्षीय तुलबहादुर गुरुङको पनि उपचार भइरहेको छ ।