रहेनन् बालगायक सचिन परियार

by cityhalkhabar
38 views

काठमाडौं – बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो।

भाइरल बाल गायकका रुपमा परिचित सचिनले गाएका गीत समाजिक सञ्जालमा भाइरल छन्। सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए। हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्। ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत उनका रुचाइएका गीत हुन्।