सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गर्ने युवती पक्राउ

by cityhalkhabar
8 views

काठमाडौं, ३ असार – नेपाल प्रहरीको साइबर ब्युरोले भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको छ । उनको स्थाई घर खोटाङ हलेसीतुवाचुङ नगरपालिका वडा नं ६ रहेको छ। उनलाई आज भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी एसपी दीपक राज अवस्थीले जानकारी दिए ।

ब्युरोले सामाजिक सञ्जाल टिकटकमा नियमित तथा नियोजित रूपमा जातीय एवम् साम्प्रदायिक भावनामा खलल पुऱ्याउनुको साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी, तथ्य र आधारहीन विषयलाई उठान गरी, भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको आरोपमा बस्नेतलाई पक्राउ गरेको उनले बताए ।

ब्युरोले इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । हाल उनी जिल्ला अदालत काठमाडौँको आदेशअनुसार तीन दिनको म्याद थप गरी अनुसन्धान भइहरेको छ। उनले आफ्नो टिकटकमा हो म रविको झोले हो भन्दै बनाएर राखेकी थिइन्।