स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना

by cityhalkhabar
14 views

काठमाडौं, १५ असार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन्। उनी वीर अस्पताल भर्ना भएर उपचार गरिरहेका हुन्। अस्पतालका अनुसार ज्वरो आएपछि उनी  शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् ।

शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। उनको स्वास्थ्य परीक्षणहरू जारी छ।  मन्त्री पौडेलको स्वास्थ्य अवस्था गम्भीर नरहेको जनाइएको छ, तर चिकित्सकहरूको निगरानीमा राखिएको छ।

उनी यसअघि पनि बिरामी परेका थिए। केही दिन घरमा आराम गरेर निको भएपछि उनी नियमित काममा हिँडेका थिए।