5
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार बिहीबारदेखि लागू हुनेगरि बैंकको अध्यक्षमा ढकाललाई नियुक्त गरिएको हो । अध्यक्षमा ढकालको कार्यकाल चार वर्षको हुनेछ ।
ढकाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् । राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक ढकालले बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्तामा रहेर तीन दशक काम गरेका थिए ।
सम्बन्धित खबर