3
काठमाडौं, काठमाडौँबाट गोरखाको माछिखोलातर्फ जाँदै गरेको रात्रिबस आज बिहान भीमसेनथापा गाउँपालिका-३ स्थित तान्द्राङमा दुर्घटना भएको छ । गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको उक्त बस दुर्घटनामा परी कम्तीमा १५ जना यात्रु घाइते भएका छन् ।
स्थानीयका अनुसार मंगलबार बिहान भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनास्थलमा अहिले प्रहरी टोली खटिइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन भने घाइतेहरूको उद्धार कार्य जारी रहेको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ । दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर