स्टार्टअप कर्जा लिन चाहनेलाई आवेदन खुल्यो, के चाहिन्छ योग्यता ?

by cityhalkhabar
3 views
काठमाडौं, १९ कात्तिक – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि’ अनुसार कर्जा लिन योग्य इच्छुक उद्यमीहरूलाई आवेदन दिन अनुरोध गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाको प्रस्तावमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यो कर्जाका लागि आवेदन खुला गरेको हो । इच्छुक उद्यमीहरूलाई प्रस्ताव पेस गर्न २१ दिनको समय तोकिएको छ । कर्जाका लागि आवेदन दिन चाहने उद्यमीहरूले कार्यविधिको दफा ४ मा उल्लेखित योग्यताका मापदण्ड पूरा गरेको हुनुपर्नेछ । आवेदकहरू सम्बन्धित क्षेत्रमा नवीनतम ज्ञान, रचनात्मक सोच, विशेष सीप र क्षमता भएका हुनुपर्ने प्रावधान राखिएको छ । परियोजना प्रस्ताव तोकिएको ढाँचामा तयार पारी अनलाइन माध्यमबाट पेस गर्न सकिनेछ । संशोधित कार्यविधिअनुसार चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो । यी हुन् स्टार्टअप उद्यमको योग्यता