इक्यान शैक्षिक मेला भव्य आयाेजना हुँदै

by cityhalkhabar
0 views

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ ECAN मल्टिडेस्टिनेशन एजुकेशन फेयर २०२५’ ८ डिसेम्बर  २०२५  साेमबारनयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा आयोजना हुने भएकाे छ ।

याे प्रदर्शनीले नेपाल, भारत, बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप लगायतका देशका सयौँ विश्वविद्यालय र कलेजहरूलाई एकै स्थानमा ल्याउने इक्यानले जानकारी दिएकाे छ ।

ECAN ले आयाेजना गर्ने यस मेलाले देश–विदेशमा उच्च शिक्षा प्राप्त गर्न इच्छुक हजारौँ विद्यार्थीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । छात्रवृत्ति स्थलमै भर्ना प्रक्रिया, पाठ्यक्रम तथा आवेदनसम्बन्धी परामर्श, भिसा मार्गदर्शनका साथै पढाइपछि रोजगारी अवसर र ग्लोबल माइग्रेशन मार्गबारे विस्तृत जानकारी उपलब्ध गराइने संस्थाले वताएकाे छ।