उद्योग मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष दिइन् राजीनामा

by cityhalkhabar
0 views

काठमाडौं, – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।  बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन् ।

काठमाडौँमा भएको ग्यासको हाहाकारपछि मन्त्री यादवले काम गर्न नसकेको भन्दै सत्तारुढ दल भित्रै उनको चर्को आलोचना भएको थियो ।