देवानगञ्जमा गोली प्रहार, तिघ्रामा गोली लागेका युवक अस्पतालमा

by cityhalkhabar
0 views

काठमाडौं,  – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मध्यहर्साइमा शनिबार साँझ गोली चल्दा एक युवक घाइते भएका छन् । तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

गोली स्थानीय निरज यादवको तिघ्रामा लागेर घाईते भएको वडाध्यक्ष सूर्यनारायण पालले बताए । स्थानीयले गोली चलेको खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार घटनाको कारण अहिलेसम्म खुलेको छैन । प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे थप जानकारी संकलन गरिरहेको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काका अनुसार घाइतेको तिघ्रामा गोली लागेको जानकारी आएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली कसले र किन चलायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।