जिल्ला होटल व्यवसायी संघ काठमाडौंको छैठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न

by cityhalkhabar
13 views

काठमाडौं, ८ कात्तिक- होटल व्यवसायी संघ काठमाडौंको छैठौं बार्षिक साधारणसभा तथा चौथो अधिवेशन अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न भएको छ ।

काठमाडौंमा रहेका सातवटै ईकाई अध्यक्ष, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका सल्लाहकारज्यूहरू, प्रदेश अध्यक्ष, महासंघका महासचिव र अन्य बरिष्ठ व्यवसायीहरूको बिशेष तदरूकतामा कार्यसमिति छनोट सर्वसम्मत चयन गरिएको थियो । स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सुरेश बराल र कार्यक्रम सञ्चालन महासचिव बिष्णु प्रसाद घिमिरेले गर्नभएको थियो ।

बिशिष्ट अतिथी प्रदेश अध्यक्षले व्यवसाय मर्यादित र व्यवस्थित गर्न र ग्राहकलाई ठगि नगर्न र व्यवसायी माथि आतङ्क नमच्याउन पनि आग्रह गर्नुभएको थियो ।

नवनिर्वाचित कार्यसमिति अध्यक्ष सुरेश बराल, बरिष्ठ उपाध्यक्ष भविश्वर दुबे, उपाध्यक्ष श्री जितेन्द्र गिरी, मनोहरी कंडेल, बिष्णु प्रसाद घिमिरे, महेन्द्र राई, कुमार श्रेष्ठ, बिष्णु प्रसाद उपाध्याय, महासचिवमा शैलेन्द्र विक्रम थापा, उप–महासचिव शिवलाल गिरी, सचिव लाल बहादुर बानिया (अनिश), देवकी भण्डारी, हरि प्रसाद अर्याल, जयलाल श्रेष्ठ, कोषाध्यक्ष शालिकराम थापा, सह कोषाध्यक्ष लेखनाख खराल, सदस्य (खुल्ला) नुमाकान्त पाठक, कप्तान अधिकारी, नविन अधिकारी, सन्तोष पौडेल, खेमराज उप्रेति, माधव प्रसाद गौतम, शेर बहादुर बिष्ट, शारदा खड्का, दिल बहादुर क्षेत्री, तिलक श्रीपाली, सदस्य (समावेशी) ललित बहादुर श्रेष्ठ, रेनुका यस्को लिम्बु, सदस्य (महिला) सुजता तामाङ्ग अप्सरा थापा रहनुभएको छ ।

कार्यक्रमका अध्यक्ष शैलेश कार्किले आफ्नो कार्यकाललाई उत्कृष्ठ बनाउन सहयोग गर्नुहुने सम्पूर्ण कार्यसमिती, ईकाई अध्यक्ष तथा ईकाई परिवार, प्रदेश र महासंघलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो साथै यस संघको संस्थापक अध्यक्ष पनि भएको र संघले छैठौ बार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।