बीपीको सालिकमा कालोमोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति

by cityhalkhabar
46 views

काठमाडौं, २४ चैत्र  नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाका कार्यकर्ताले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राप्रपा राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो भन्नेहरुले नेपालगञ्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको उल्लेख गरेका छन् ।

पोखरेलले कांग्रेसभित्रका संवैधानिक राजसंस्था पक्षमा रहनेहरुलाई इङ्गित गर्दै पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए बीपी पनि गणतन्त्रका पक्षमा उभिन्थे भन्ने तर्क गरे ।

उनले बीपीको समयमा बीपीभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती रहेका गिरिजाप्रसाद पनि ज्ञानेन्द्रको हर्कतले गणतन्त्रवादी बन्न पुगेको बताए । नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरुले राप्रपाको गतिविधि बुझ्नु पर्ने बताए ।