मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते

by cityhalkhabar
2 views

हेटौंडा , ५ वैशाख  – मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

Microbus Accdient Hetauda

उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको छ ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी  सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।