एसईईको नतिजा सार्वजनिक: ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

by cityhalkhabar
3 views

काठमाडौं, १४ असार – यस वर्षको माध्यमिक शिक्षा परीषा (एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । यो पटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजामा केही ढिलाइ भएको छ ।

सबैभन्दा धेरै गणित विषयमा ‘ननग्रेडेड’
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा धेरै विद्यार्थी गणितमा ‘ननग्रेडेड’ भएका छन् । शुक्रबार साँझ सार्वजनिक भएको परीक्षाको नतिजाअनुसार, गणित विषयमा मात्रै यो वर्ष एक लाख २८ हजार २१५ जना ननग्रेडेड भएका हुन् ।

पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले समग्रमा नतिजामा सुधार आएको भए पनि गणित विषयमा सबैभन्दा धेरै ननग्रेडेड हुनु दुःखद भएको बताए । उनका अनुसार, अंग्रेजीमा ८० हजार ६७२, नेपालीमा ५४ हजार ७३५, सामाजिकमा ५३ हजार १८६ र विज्ञान तथा प्रविधि विषयमा ७९ हजार २७१ विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न नसकेको जानकारी दिए ।

४८ हजार विद्यार्थीले ल्याए ३.६ भन्दा धेरै जीपीए
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए । वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको थियो ।