काठमाडौं – नेपाली कांग्रेसले प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित कार्यक्रमबाट आज कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो। कांग्रेसले प्रतिज्ञापत्रमा १० भिजन समेटेको छ।
कांग्रेसले सार्वजनिक गरेको १० बुँदे ‘मधेस-देश’ प्रतिज्ञामा प्रत्येक नेपालीले सम्मानित भएर बाँच्न पाउने र आफ्नै जीवनकालमा सपना साकार पार्न सक्ने नेपालको परल्पना गरिएको छ। किसानलाई स्वाभिमानी बनाउने, छोराछोरीको उच्च शिक्षा र निःशुल्क स्वास्थ्य बीमाको ग्यारेन्टी गर्ने तथा प्रशासनिक हैरानीबाट मुक्त विधिको शासन स्थापना गर्ने कुरा प्रतिज्ञापत्रमा समेटिएका छन्।
मौलिक संस्कृतिमा गर्व गर्दै आधुनिक प्रविधिमा लम्कने र विश्वले सम्मान गर्ने स्वतन्त्र देश बनाउने लक्ष्य राख्दै थापाले आफ्ना ३२ जना उम्मेदवारहरूलाई छाती ठोकेर जनताको घर-घर जान र ‘बदलिएको कांग्रेस’ को सन्देश प्रवाह गर्न निर्देशन दिएका छन्।
https://drive.google.com/file/d/1UgOFL9dWU6gWuAvoko5BF3KbXRL27UOG/view
