अर्थमन्त्री वाग्लेले आगामी आ.व. २०८३.०८४ को लागी २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत

by cityhalkhabar
2 views
काठमाडौं, १५ जेठ, – बजेट पुस्तिका राख्न यसपालि बेग्लै झोला प्रयोग गरिएको छैन। नेपाल सरकारको निशान छाप रहेको फाइलमा बजेट पुस्तिका राखिएको छ। विगतमा अर्थमन्त्रीहरूले बजेट बोक्न बेग्लै झोला प्रयोग गर्ने गरेका थिए। सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ को लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट सार्वजनिक गरेको छ। आम्दानी स्रोत राजस्वस् खर्ब १४ खर्ब ५ अर्ब बाँडफाँटपछिको चालु वर्षमा १३ खर्ब १५ अर्ब अनुमान गरिएको थियो। अहिलेसम्म बाँडफाँटपछिको राजस्व नौँ खर्ब पनि संकलन भएको छैन। वैदेशिक अनुदानस् ६१ अर्ब चालु वर्षमा ५३ अर्ब ४५ करोड लक्ष्य राखिएको थियो। अहिलेसम्म २० अर्ब ७७ करोड मात्रै अनुदान प्राप्त भएको छ। वैदेशिक ऋणस् २ खर्ब ४७ अर्ब चालु वर्षमा २ खर्ब ३३ अर्बको लक्ष्य राखिएकोमा अहिलेसम्म ६६ अर्ब मात्रै यस्तो ऋण प्राप्त भएको छ। आन्तरिक ऋणस् ४ खर्ब १० अर्ब चालु वर्षमा आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब उठाउने लक्ष्य राखिएको थियो। अहिलेसम्म २ खर्ब ९८ अर्ब उठाइएको छ। पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १४ खर्ब ५ अर्ब रूपैयाँको राजस्वको आधार देखाएर २१ खर्ब २४ अर्बको बजेट अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेका छन् । कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ । त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए । विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको  । खर्च जम्मा खर्चः२१ खर्ब २४ अर्ब चालु वर्षमा १९ खर्ब ६४ अर्बको विनियोजन गरिएको थियो। अहिलेसमम्म १२ खर्ब ५२ अर्ब मात्रै खर्च भएको छ। चालु खर्चः चालु वर्षको लागि यस्तो खर्च १२ खर्ब ७० अर्ब विनियोजन गरिएको थियो पुँजीगत खर्चः चालु वर्षको लागि ४ खर्ब ३१ अर्ब विनियोजन गरिएको थियो। वित्तीय व्यवस्थापन खर्चः चालु वर्षक लागि ४ खर्ब २२ अर्ब विनियोजन गरिएको थियो।