0
काठमाण्डौ, १४ श्रावण – आज प्रतिनिधि सभाको बैठक बस्दैछ । असार ३१ गते बसेपछि दुई साताका लागि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने तालिका छन् ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने बिधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सम्बन्धित खबर
