नेपाली कांग्रेसको देउवा समूहको वडा अधिवेशनको तयारी तीव्र

by cityhalkhabar
1 views

काठमाडौँ, १० असोज –  नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आसन्न १५ औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारीले गति लिएको छ। यसै क्रममा, पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले वडा तहको अधिवेशनका लागि आवश्यक क्रियाशील सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज पौडेलले शनिबार एक कार्यक्रमका बिच निर्वाचन समितिका संयोजक एगराज पोखरेललाई सूची हस्तान्तरण गरेका हुन्।

हस्तान्तरित सूची अनुसार, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि देशभर कुल ८ लाख ८९ हजार २३६ क्रियाशील सदस्य कायम भएका छन्। यसमध्ये ५ लाख ६१ हजार २६९ सदस्यको सदस्यता नवीकरण गरिएको छ भने २ लाख ९० हजार ४६७ नयाँ क्रियाशील सदस्य थपिएका छन्।

प्राप्त जानकारी अनुसार, पार्टीको १४औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशांक कोइरालाको निर्देशनमा यही आश्विन १५ गतेबाट देशभरका वडाहरूमा अधिवेशन प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको छ । सोहीअनुरूप, वडा तहको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची उपलब्ध गराइएको हो।

यसका साथै, महाधिवेशन प्रक्रियालाई सहज र पारदर्शी बनाउन पार्टीले अनलाइन सदस्यता आवेदन प्रणाली पनि सुरु गरेको छ। इच्छुक व्यक्तिहरूले www.nc15generalconvention.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। क्रियाशील सदस्यता सूची हस्तान्तरण भएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक प्रक्रियाले  गति लिएको छ।