शिक्षक आन्दोलनले बन्द सरकारी विद्यालय आजदेखि खुले

by cityhalkhabar
1 views

काठमाडौं, १९ बैशाख – करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् ।  देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरू कर्मथलो फर्किएका हुन् । सहमति अस्ति बुधबार भए पनि हिजो सार्वजनिक भएका कारण स्कुल आजदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरूले बताएका छन् ।