कांग्रेसले बनायाे गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार

by cityhalkhabar
1 views

काठमाडौँ, ९ माघ – नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले केन्द्रीय कार्यसमितिको बैठकमा राखेका थिए ।

त्यो प्रस्तावलाई अर्की उपसभापति पुष्पा भुसालले समर्थन गरेपछि केन्द्रीय कार्यसमितिले एकमतले पारित गरेको उपसभापति शर्माले जानकारी दिए । उम्मेदवार घोषणा गर्दा ५ मापदण्ड बनाएर त्यसलाई स्वीकार गर्ने गरी उम्मेदवार घोषणा गरिएको शर्माको भनाइ थियो ।