काठमाडाैं, २४ भदौ – बजारमा देखएिको ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै सिंहदरबारको दक्षणि गेटमा युवाहरूले प्रदर्शन गरेका छन्। लामो समयदेखी एलपी ग्यास पाउन छाडेपछि आन्दोलति भएका युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित क्षेत्रमै नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा स्थति निन्त्रणमा लनि खोज्दा प्रहरीले सामान्य धरपकडसमेत गरेको छ। केही समय सुरक्षाकर्मी र विद्यार्थीबीच घम्साघम्सीसमेत परेको थियो । रित्ता सिलिन्डर खोसेर प्रहरीले स्थिति नियन्त्रणमा लिन खोजेको थियो ।
विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी र सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
