जिल्ला होटल व्यवसायी संघ काठमाडौंको शुभकामना आदान–प्रदान तथा भित्तेपात्रो बिमोचन

by cityhalkhabar
39 views

काठमाडौं- जिल्ला होटल व्यवसायी संघ काठमाडौंले  होटल क्रिस्टल पशुपतिमा एक कार्यक्रम बिच २०८२ सालको क्यालेण्डर बिमोचन भव्य रूपमा सम्पन्न गरेको छ । बागमति प्रदेशका सभामुख माननिय भुवन पाठक ज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष शेरू थापा, महासचिव टि आर भण्डारी (शंकर) , सचिव मित्र ढकाल , त्यसैगरी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उधोग वाणिज्य संघ काठमाडौं का कोषाध्यक्ष नानिराज घिमिरे, संघका सल्लाहकारहरू, ईकाईका अध्यक्ष तथा प्रतिनिधीहरू र संघमा आवद्व व्यवसायी हरू विचको उपस्थितीमा भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ ।

यसै विचमा होटल तथा पर्यटन व्यवसायी संघ वागमति प्रदेशको तेस्रो अधिवेशनमा काठमाडौं जिल्ला वाट निर्वाचित अध्यक्ष दामोदर नेपाल, महासचिव सुनिल अर्याल, सह सचिव रामकृष्ण बस्नेत, सह- कोषाध्यक्ष ललित जंग र सदस्य बेद प्रसाद लोहनी ज्यू लाई बधाई ज्ञापन तथा सम्मान गरेको थियो साथै संघको सल्लाहकारमा चयन हुनुभएका संघका संस्थापक अध्यक्ष , प्रमुख सल्लाहकार शैलेश कार्की, सल्लाहकार हरूमा नेपाल पर्यटन वोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजाल, NRNA का उपमहासचिव तथा नेपाल सरकारका पर्यटन प्रवघ्दक सोम सापकोटा, चलचित्र निर्माता तथा हङ्कङ्गका सफल व्यवसायी रविन कुमार नाल्बो, प्रकृति संरक्षण महाअभियन्ता तथा सफल पर्वतारोही पि के शेर्पा, र कानुनी सल्लाहकार ऋषिराम उपाध्यायलाई प्रमाणपत्र अर्पण गरेको थियो ।

प्रमुख अतिथी पाठक ज्यूले पर्यटन व्यवसायमा विभिन्न आयामहरू आएकोले व्यवसायीहरू त्यसको लागि तयार रहन अनुरोध गर्नुभएको थियो भने पर्यटन र होटल व्यवसाय सँग सम्बन्धित ऐन नियम हरू संशोधन र निर्माणमा आफू पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको थियो । त्यसैगरी महासंघका बरिष्ठ उपाध्यक्ष थापाले होटल व्यवसायी हरूका समस्या समाधानमा महासंघ सदैव तप्पर रहेको जानकारी गराउनुभएको थियो । प्रदेश अध्यक्ष नेपालले सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गर्नुभएकोमा जिल्ला संघलाई हार्दिक आभार व्यक्त गर्दै यसले काम गर्नको लागि थप उत्साह भरेको बताउनुभयो ।

प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष शैलेश कार्किले जिल्ला संघको सक्रियता र कार्यप्रगति राम्रो रहेको र आगामी दिनमा थप उर्जाले काम गर्नको लागि शुभेच्क्षा व्यक्त गर्नुभयो , त्यसैगरी सल्लाहकार चन्द्र रिजाल ज्यूले राज्यले होटल तथा पर्यटन व्यवसायलाई हेर्न नजर राम्रो नभएकोले यो क्षेत्रले राम्रो संग प्रगति गर्न नसकिएकोले अव राज्यलाई विभिन्न तह र तप्का बाट दवाव दिएर राज्यलाई पर्यटन व्यवसायको बारेमा चिन्तन गर्ने वातारण बनाउन अनुरोध गर्नुभयो ।
सल्लाहकार सोम सापकोटा ज्यूले पर्यटकहरूलाई विशेष रूपमा होटल व्यवसायीहरूको सत्कार र स्वागतले देशको चिनारी दिने भएकोले सेवा सुविधा र आतिथ्यता उत्कृष्ठ बनाउन अनुरोध गर्नुभयो ।

एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघका अध्यक्ष सरोज आलेले जिल्ला होटल व्यवसायी संघ, काठमाडौं होटल व्यवसाय २४ सै घण्टा सुरक्षित रूपमा खोल्ने वातावरण मिलाउन पहल गर्न आग्रह गर्नुभयो र काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष धुब्र कार्कीले गृह प्रसाशनले साना तथा मझौला होटल व्यवसायीलाई हेर्ने नजर राम्रो नभएकोले व्यवसाय सञ्चालनमा अप्ठ्यारो रहेको जानकारी गराउनु भयो ।

जिल्ला होटल व्यवसायी संघ काठमाडौंमा आवद्व सातवटै ईकाईबाट उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा Worldlink ले होटल व्यवसायीको लागि विशेष प्याकेज ल्याएको बारेमा जानकारी गराउनुभएको थियो साथै Kaha Inc ले आफ्नो एपको बारेमा जानकारी गराउनुभएको थियो ।साथै संघको क्यालेण्डर प्रकाशनमा Sumegh Holidays, Valley Cold Store, Sky walk, Alpha Millinium , Royal Fiber लगायतका कम्पनीहरू सहयोग गर्नुभएको थियो ।

संघका अध्यक्ष सुरेश बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष भविष्वर दुवेले स्वागत मन्तव्य, क्यालेण्डर प्रकाशन उपसमितिका संयोजक उपाध्यक्ष मनोहरी कंडेलले क्यालेण्डर प्रकाशनका दौरान सहयोग गर्ने विभिन्न कम्पनि र संस्था र व्यक्तित्वलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने संघका महासचिव शैलेन्द्र बिक्रम थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।